परपुरुषसँग होटलमा बस्न गएकी विवाहित युवती गोङ्गबुमा मृत फेला, युवक पक्राउ

0 Shares

काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित एक होटलमा युवती मृत फेला परेकी छिन् । ३१ वर्षीया कल्पना भण्डारी होटल कोठाको बाथरुममा झुन्डिएको अवस्थामा शुक्रवार राती फेला परेको प्रहरीले जनाएको छ ।

राती ११ बजे युवतीलाई अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । बाथरुमको ढोका नखुलेपछि युवतीसँग बसेका युवक र होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

मोरङको लेटाङ स्थायी घर भएकी कल्पना विवाहित हुन् । उनी चन्द्रागिरि नगरपालिका-१५ का अनित कार्कीसँग त्यही साँझ बस्न पुगेकी थिइन् । कार्की अविवाहित हुन् । भण्डारीका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडीमा छन् । प्रहरीले कार्कीलाई पक्राउ गरेको छ ।

उनले मृतक कल्पनासँग केही महिनायता सम्बन्धमा रहेको बताएका छन् । कल्पना बच्चासहित बाँसबारीमा बस्दै आएकी थिइन् । पक्राउ परेका अनितविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी परेको छ ।

कार्कीले सामान्य विवादपछि भण्डारी बाथरुम छिरेको प्रारम्भिक बयान दिएका छन् । पोस्टमार्टमको रिपोर्ट आएपछि थप भन्न सकिने महानगरीय प्रहरी वृत्त महाराजगन्जका एक अधिकृतले बताए ।

सम्बन्धित समाचार