५१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पुरुष पक्राउ

0 Shares

दाङ । ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुलसीपुर उपमहानगर ७ कुमाल गाउँ बस्ने ३१ वर्षीय यज्ञ बोहरालाई पक्राउ गरेको छ ।

बोहराले महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार