0
Shares
काठमाडौं । काठमाडौंबाट कतार उड्न लागेको कतार एअरवेजको जहाजमा धुँवा देखिएको छ ।
त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाका अनुसार विमानको पुच्छरमा सामान्य धुँवा देखिएको हो । विमान नेपालबाट दोहा उड्ने तयारीमा थियो ।
विमानले उडान भर्नका लागि पुसब्याक गर्दा धुँवा देखिएको हो । ‘अहिले अवस्था सामान्य भइसकेको छ, त्यत्ति ठूलो कुरा होइन,’ प्रवक्ता झाले भने ।