विदेशमा श्रीमान्, होटलमा परपुरुषसँग बस्न जाँदा आत्महत्या

0 Shares

काठमाडौं । काठमाडौंको गोंगबुमा युवतीको शव भेटिएको छ । मोरङको लेटाङ नगरपालिका २ घर भई हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको भन्दै खबर आएको थियो । प्रहरीले शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ ।

प्रहरीका अनुसार भण्डारी चन्द्रागिरि नगरपालिका १५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बस्न पुगेकी थिइन् ।

प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए । त्यस क्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए ।

मृतक युवतीको परिवारलाई पनि तत्कालै खबर गरिएको थियो । परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ ।

घटना स्थलमा सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन । भण्डारीका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।

सम्बन्धित समाचार