एमाले छाडेका बाह्रबिसेका पूर्वमेयर निमफुञ्जो नेकपामा प्रवेश

0 Shares

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।

शुक्रबार काठमाडौंको जडिबुटीमा आयोजित नेकपाकव सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमबीच शेर्पा पार्टी प्रवेश गरेका छन्।

उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन्। शेर्पाले माघ ९ गते एमाले परित्याग गरेका थिए।

उनले २०७४ मा बाह्रबिसे नगरपालिकामा एमालेबाट मेयर जितेका थिए।

उनीसँगै अन्य थुप्रै एमाले कार्यकर्ता नेकपामा प्रवेश गरेको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार