0
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेभन्दा धेरै सीट जित्ने निश्चित भइसकेको दाबी गरेका छन् ।
पार्टीका केन्द्रीय नेताको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस पटक एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने सम्भावना बढेको बताए ।
प्रचण्डले एमालेसँग कतिपय क्षेत्रमा तालमेलको हल्ला खारेज गर्दै जनताबाट तिरस्कृत र अश्वीकृत भएका तत्वसँग गठबन्धन वा तालमेल नहुने बताएका थिए ।
बैठकमा सहसंयोजक माधव नेपालले पनि एमालेसँग तालमेलको सम्भावना नभएको बताएका थिए ।