सुनचाँदीको मूल्य बढ्दा बैंकबाट ऋण लिनेहरू बढे, पुस मसान्तसम्म ९८ अर्ब ९३ करोडको ऋण प्रवाह

0 Shares

काठमाडौं । सुनको मूल्य आकाशिएपछि बैंकहरुमा धितोराख्नेहरु बढेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा सुन र चाँदी धितो राखेर ऋण लिनेहरु १८.८ प्रतिशतले बढेका हुन्।

सुन प्रतितोला अधिकतम ३ लाख ३९ हजारसम्म पुगेको थियो। पुस महिनाभर भने अधिकतम प्रतितोला २ लाख ८८ हजारसम्म मूल्य पुगेको थियो।

सुनचाँदीको मूल्य बढ्दा बैंक तथा वित्तीय संस्थाहरुमा धितो बढेको हो।

पुस मसान्तसम्म सुनचाँदीको धितोमा कुल ९८ अर्ब ९३ करोड बराबरको ऋण प्रवाह भएको हो । ६ महिनामा मात्रै कुल १५ अर्ब ६४ करोड बराबरको कर्जा गएको हो।

सम्बन्धित समाचार