भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु

0 Shares

बैतडी । जिल्लामा एक जना निर्वाचन प्रहरी (म्यादी प्रहरी)को भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

सम्बन्धित समाचार