0
Shares
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यसअघि सनराइज बैंकको सीईओ थिए । त्योभन्दा अघि माछापुच्छ्रे बैंकको प्रमुख जिम्मेवारीमा कार्यरत रहेका थिए ।
बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै शर्मालाई नियुक्त गरेको हो । बैंकर शर्मासँग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे, एनएमबी बैंकलगायतमा काम गरेको अनुभव छ ।
उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर हासिल गरिसके पछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर सुरु गरेका थिए ।