ओलीले भने– आत्मसमर्पण स्वीकार्य छैन

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको विषयमा आत्मसमर्पण नहुने बताएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि भएको छलफलका क्रममा ओलीले यस्तो बताएका हुन् ।

पार्टीका प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार, राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा लगायतको रक्षाका लागि   पार्टी प्रतिरोध, प्रतिवाद र प्रतिरक्षामा उत्रने ओलीे बताएका हुन् । ‘राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताउनुभयो । साथै, अध्यक्ष ओलीले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिनुभयो,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, उनले आफ्नो पार्टीले हाल भइरहेका राज्यका संयन्त्रहरूका गतिविधि र काम कारवाहीका विषयमा नजिकबाट नियालिरहेको जानकारी पनि गराए । ‘सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको अध्यक्ष ओलीले बताउनुभयो,’ शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार