काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानले पहिलो चरणको चुनाव लक्षित भेटघाट कार्यक्रम तिव्र पारेको छ । आइतबार सम्म जिल्लाका चार वटा पालिकामा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्लाका सरुमारानी, नौवहिनी ,झिमरुक ,र ऐरावती गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको पार्टीका केन्द्रीय सदस्य मिलन एमसीले जानकारी दिए । बाँकी गाउँपालिका स्तरमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित कार्यक्रम सम्पन्न गर्ने र दोस्रो चरणमा वडा गाउँ तहमा पुगेर कार्यक्रम गर्ने कार्यतालिका बनेको एमसीले बताए ।
पार्टी केन्द्रीय सदस्य एमसीले उम्मेदवार सहित पहिलो चरण मा पालिका स्तरमा कार्यकर्ता भेटघाट गर्ने र दोस्रो चरणमा वडा तहको जन भेटघाट कार्यक्रम अगाडी बढाइने बताए ।
आइतबार ऐरावती गाउँपालिकामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णध्वज खड्का, केन्द्रीय सदस्य नारायण अधिकारी र समानुपातिक तर्फ उम्मेदवार उमा अधिकारी लगायत पालिका तहका नेताहरुले चुनावी भेलालाई सम्वोधन गरेका थिए ।