0
Shares
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपाल (उनेपा)ले समर्थन गर्ने भएको छ ।
यसअघि रास्वपालगायतका केही दलले उनलाई समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका थिए । पार्टीका प्रवक्ता डा राजु थापाले विज्ञापति जारी गर्दै महावीरलाई साथ दिने भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नाङ्गी गाउँमा जन्मिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका थिए ।