काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका नेता जीवन बुढाले उम्मेदवारी फिर्ता लिएका छन्। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।
पार्टीले महेन्द्रबहादुर शाहीलाई अघि सारेपछि बुढाले बागी उम्मेदवारी दिएका थिए । प्रचण्डको निर्देशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिएर शाहीलाई सघाउन राजी भएका छन् ।
यस्तै सिन्धुली २ मा नेकपा उम्मेदवार राजन दाहाल विरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् । जिल्लाबाट आधिकारिक रुपमा महेश्वरको नाम सिफारिस भए पनि अन्तिममा टिकट राजनले पाएका थिए । त्यसपछि महेश्वरले बागी उम्मेदवारी दिएका हुन् ।
यस्तै दाङ १ बाट मेटमणि चौधरी विरुद्ध नेकपाकै नेता कुलप्रसाद केसीले बागी उम्मेदवारी दिएका छन् । केसीले पार्टीबाट राजीनामा दिएर चौधरी विरुद्ध उम्मेदवारी दिएका हुन् ।