काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ १२ वर्षपछि युर्टन भएका छन् । तत्कालीन नेकपा एकीकृत माओवादी संसदीय भासमा गएको भन्दै २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन गरेका थिए । वैद्य पनि ढुलमुल र अक्रमन्यतामा फसेको भन्दै विप्लवले २०७१ सालमा पार्टी फुटाएर आफ्नै नेतृत्वमा नेकपा गठन गरेका थिए । प्राय सबै कम्युनिस्टहरु संसदीय भासमा पसेको भन्दै विप्लवले क्रान्तिको झण्डा उठाएका थिए ।
तर, आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा विप्लवले क्रान्तिको झण्डा विसाएर नेकपा एमालेसँग तालमेल गर्न पुगेका छन् । पार्टी प्रवता खड्गबहादुर विश्वकर्मा सहित अरु नेतालाई चुनाव जिताउन विप्लव एमालेसँग चुनावी तालमेल गर्न पुगेका छन् । अरु क्षेत्रमा समेत विप्लवले एमालेसँग तालमेल गर्ने तयारी गरेका छन् ।
दाङ २ मा चुनाव हारिने कार्यकर्ताको रिपोर्टिङपछि कालीकोटको प्रतिनिधि सभामा माओवादीका उम्मेदवार विश्वकर्मालाई सघाउने सहमति भएको हो। माओवादी दाङका एक नेताका अनुसार माओवादीले पोखरेलसँगको सहमतिअनुसार नै दाङ–२ मा उम्मेदवार उठाएको छैन। माओवादीले दाङ–२ मा १६ सय बढी पार्टी सदस्य र ५ हजार शुभेच्छुकसहित साढे ६ हजार बढी मतदाता रहेको दाबी गरेको छ।
कालिकोटमा एमालेले गत निर्वाचनमा पराजित भएका नगीन्द्र शाही (नेशनल)लाई टिकट दिएको छ। कालीकोटमा माओवादीले प्रवक्ता विश्वकर्मालाई उम्मेदवार बनाएको छ । अब दाङमा पोखरेललाई सघाएपछि एमालेले प्रकाण्डलाई सघाउन कालिकोटका उम्मेदवार फिर्ता बोलाउनुपर्ने हुन्छ।
माओवादी नेताहरूका अनुसार पोखरेलसँग भएको मौखिक सहमतिलाई केही दिनमै लिखित सहमति गर्ने तयारी छ।