रमेश लेखक बन्न खाजे उम्मेदवार, गगनले दिएन टिकट

0 Shares

काठमाडौं । नेपाली कांग्रेसले नेता तथा जेनजी आन्दोलनका तत्कालीन गृहमन्त्री रमेश लेखकलाई उम्मेदवार नबनाउने भएको छ । लेखक कञ्चनपुर ३ मा उम्मेदवारका आकांक्षी बनेका थिए ।

लेखक निवर्तमान गृहमन्त्री तथा निवर्तमान पार्टी केन्द्रीय सदस्य हुन् । उनी २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

कांग्रेस संसदीय बोर्डले लेखकलाई टिकट नदिएर हरि बोहरालाई उम्मेदवार बनाएको हो । गत पुस २७ गतेदेखि तीन दिन भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेसँगै टिकट वितरणमा कडाइ भएको हो ।

सम्बन्धित समाचार