देउवाको क्षेत्रमा नैनसिंहलाई टिकट, साढे तीन दशकपछि तोडिएला कांग्रेसको गढ?

0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता नैनसिंह महर चुनाव लड्ने भएका छन् ।

सभापति गगन थापाले डडेलधुराका लागि महरलाई टिकट दिएका हुन् । देउवाले चुनाव नलड्ने भएसँगै उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो ।

यसअघि देउवाले साढे तीन दशकसम्म चुनाव जित्दै आएका थिए । उनी पाँच पटक प्रधानमन्त्रीसँगै दुई कार्यकाल पार्टी सभापति भएका थिए ।

यसपटक लामो विवाद र रस्साकस्सीबीच विशेष महाधिवेशनबाट तत्कालीन महामन्त्री गगन थापा समापति निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार