0
Shares
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने परिवर्तनका लागि उद्घोष सभा सम्बोधनका लागि जनकपुर पुगेका छन् ।
हिजो मध्यरातमा काठमाडौँबाट स्थलमार्ग हुँदै हिडेका लामिछाने केहिबेर अघि जनकपुर पुगेका हुन् । आज मधेशमा शहिदहरुको सम्झनामा बलिदान दिवस पनि मनाइँदै छ । साेही अवसरमा लामिछानेले शहिदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।
केही बेरमा सुरु हुने सभामा लामिछाने सहित वरिष्ठ नेता बालेन शाह, जेनजी नेता पुरुषोत्तम यादव लगायतले सम्बोधन गर्दै छन् । वरिष्ठ नेता शाह हिजो साँझ जनकपुर पुगेका थिए ।