आज पहाडी भागमा चट्याङ्गसहित वर्षा, तराईको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशका तराई भागमा मुख्यतया मौसम सफा रहेको छ ।

यस्तै, दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार