बत्तिसपुतलीमा शेखर कोइराला पक्षको भेला

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तिसपुतलीमा बसेको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको भेला केहीबेर अघिदेखि जारी छ।

भेलामा नेता शेखर पनि उपस्थित छन्। साथै नेताहरू धनराज गुरूङ, जीवन परियार, बलबहादुर केसी, गोविन्दराज पोखरेल, रामकृष्ण यादव, दीपक गिरी, डिगबहादुर लिम्बु, दिनेश कोइरालालगायत पनि उपस्थित छन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष यसको विरोधमा सर्वोच्च अदालतमा रिट लिएर पुगेको छ। तर कोइराला पक्षका नेताहरू भने रिट दिन सर्वोच्च गएका थिएनन्।

पार्टीलाई एकताबद्ध राख्न र चुनावमा भाग लिन कोइराला पक्षका नेताहरूले नेता शेखरलाई पनि आग्रह गरिरहेका छन्।

सम्बन्धित समाचार