नारायणकाजी सर्लाहीबाट चुनाव लड्ने भएपछि रामेश्वर यादव जसपा प्रवेश

0 Shares

काठमाडौं   । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ । सर्लाही ३ बाट नेकपा नेता नारायणकाजी श्रेष्ठ चुनाव लड्ने निश्चित भएपछि टिकट पाउनकै लागि यादव जसपा प्रवेश गरेका नेकपा नेताहरु बताउँछन् ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार आयोजित कार्यक्रममा नेकपाका प्रभावशाली नेता यादवसहित दर्जनौं नेता कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा मालाले पार्टी प्रवेश गराएका हुन् ।

मधेश आन्दोलनबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि बनाएका यादवसँगै सर्लाही क्षेत्र नं ३ चक्रघट्टा गाउपालिकाका पूर्व अध्यक्ष बिक्रम यादव र पत्रकार विजय यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् । यादव मधेस केन्द्रीत दलबाटै माओवादी प्रवेश गरेका थिए । माओवादी प्रवेश गरेपछि २०७४ सालमा सांसद हुनुका साथै श्रम मन्त्री समेत भएका थिए ।

नारायणकाजी गोरखाबाट टिकट नपाएपछि सर्लाही ३ बाट चुनाव लड्ने भएपछि टिकटकै लागि यादव जसपा प्रवेश गरेका हुन् । नारायणकाजी यसअघि मकवानपुर ३ बाट चुनाव लडेका थिए । बारम्बार निर्वाचन फेर्दा उनी प्रत्यक्षमा एक पटक पनि चुनाव जित्न सकेका छैनन् ।

राष्ट्रिय सभा र समानुपातिक सांसदबाट गृह परराष्ट्र भौतिक मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर पाइसकेका छन् ।

सम्बन्धित समाचार