हार्ने डर भएपछि पाल्पा पुगे विष्णु, पाप लाग्ला भन्दै विरोध

0 Shares

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरण गरेपछि पार्टीभित्र विरोध सुरु भएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेललाई पाल्पा २ बाट टिकट दिएपछि एमाले नेतृ उषाकिरण तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध गरेकी छन् ।

उनले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड ।’ शनिबार बसेको एमाले सचिवालय बैठकले विष्णु पौडेललाई पाल्पा २ बाट टिकट दिएको निर्णय गरेको छ ।

यसअघि पौडेल रुपन्देही २ बाट निर्वाचित हुँदै आएका थिए । तर, जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा उनले क्षेत्र परिवर्तन गर्दै पाल्पा २ मा उम्मेदवारी दिएको हो ।

पाल्पा २ मा यसअघि ठाकुर गैरे विजयी हुँदै आएका थिए । तर यसपटक गैरेलाई टिकट नदिइएर पौडेललाई टिकट दिइएको हो ।

सम्बन्धित समाचार