टिकट वितरणमा ओली कठोर, महाधिवेशनमा पोखरेल खेमाबाट प्रतिस्पर्धा गर्नेको टिकट रोक्दै

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता गोकुल बास्कोटाको टिकट रोकेका छन्।

शनिबार बसेको एमाले सचिवालय बैठकले काभ्रे १ मा उम्मेदवार टुंगो लगाउँदा काभ्रे- २ मा भने उम्मेदवार टुंग्याएको छैन। काभ्रे १ मा भने अमित लामालाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ।

काभ्रे २ ओलीका आलोचक गोकुल बास्कोटा निर्वाचित हुँदै आएको क्षेत्र हो। गएका दुवै प्रतिनिधिसभा निर्वाचनमा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा बास्कोटा विजयी भएका थिए।

एमालेको एघारौँ महाधिवेशनमा बास्कोटा पार्टीको केन्द्रीय सदस्यमा विजयी भएका नेता हुन्। बास्कोटा मात्र होइन ओलीले गएको महाधिवेशनमा इतर खेमाबाट पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गरेका अरु धेरै नेताको पनि टिकट रोकेका छन्।

उपमहासचिव योगेश भट्टराई, नेताहरु सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतका नेतालाई शनिबारको सचिवालय बैठकले टिकट दिने निर्णय गरेको छैन।

टिकट वितरणमा ओली कठोर बनेपछि योगेशले भने- एमालेको निर्णय सुनेर विचलित नहुनू उनीहरुले एमालेको ११ औैं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट प्रतिस्पर्धा गरेका थिए।

सम्बन्धित समाचार