देउवाको पक्षमा लागेकी सुजाताले गगनलाई दिइन् बधाइ, एक जुट हुन आग्रह

0 Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिएकी छन् । उनले पार्टी फुटेको नभई परिवर्तन आएको बताएकी छन् ।

सामाजिक संजाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले भनिन्, ‘परिवर्तनलाई हाँसेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु ।´

उनले थापालाई बिपीको विचार र गिरिजाको संगठन नबिर्सेर पार्टी हाक्न सुझाव दिइन् । उनले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छन् ।

यसअघि उनी शेरबहादुर देउवा पक्षले रुख र चार तारे झन्डा पाउनुपर्ने भन्दै माग राखेकी थिइन् । यसैबीच निर्वाचन आयोगले गगन पक्षलाई कांग्रेसको मान्यता दिएको थियो ।

सम्बन्धित समाचार