काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दै छ । नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बस्न लागेको हो ।
बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि आज पहिलो बैठक बस्ने भएको हो ।
बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थिति हुन अनुरोध गरिएको छ ।
उता, शेरबहादुर देउवा पक्षको विघटित केन्द्रीय कार्य समितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दै छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा आज बिहान ८ बजे बस्ने भनिएको बैठक सुरु हुन सकेको छैन ।
बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि बस्न लागेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।