कांग्रेसको आधाकारिता खोसिएपछि देउवा पक्षको बैठक बस्दै

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको विघटित केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको छ । यस पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा आज बिहान ८ बजे सानेपामा बैठक बोलाइएको छ ।

बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि बस्न लागेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ ।

पुस २७ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो ।

देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकीरसहित आयोगमा छुट्टै कागजात पेस गरेको थियो ।

सम्बन्धित समाचार