निर्वाचन आयोगले भन्यो: गगन थापा कांग्रेसको सभापति, बाहिरिए देउवा

0 Shares

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापालाई आधिकारिक मान्यता दिएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई नेपाली कांग्रेसको मान्यता दिने निर्णय गरेको हो । योसँगै कांग्रेसको सभापतिबाट शेरबहादुर देउवा बाहिरिएका छन् । यसअघि देउवा विं.सं. २०५७ सालमा कांग्रेस पार्टीबाट नै बाहिरिएका थिए ।

गत पुस २७ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापति निर्वाचित गरेको थियो । विशेष महाधिवेशनबाट भएको निर्णयअनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहितका पदाधिकारीले बिहीबार आयोग पुगेका थिए ।

देउवाले कार्यवहाक सभापति दिएका पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । त्यसपछि आयोगले नवनिर्वाचित पदाधिकारीलाई आयोगमा बोलाएको थियो ।

कांग्रेसका दुवै पक्षको दाबीपछि आयोगले गगन पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिने निर्णय गरेको हो । गगन पक्षले मान्यता पाएपछि आगामी निर्वाचनमा चुनाव चिह्न रुख र चारतारे झण्डा उनीहरूकै हुनेछ ।

सम्बन्धित समाचार