काठमाडौं । नेपालका ओपनर आसिफ सेखले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले वेष्ट इण्डिज ‘ए’विरुद्ध अर्धशतक बनाएका हुन् ।
१७३ रनको लक्ष्य पाएर ब्याटिङमा उत्रिएको नेपालका ओपनर आसिफले ३३ बलमा अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले पाँच छक्का र दुई चौकाको मद्दतले ५१ रन बनाएका हुन् ।
टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले टस हारेर पहिला बलिङ गरेको थियो । पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।
नेपालका लागि सोमपाल कामी र सागर ढकालले तीन-तीन विकेट लिए । अभिनास बोहराले एक विकेट लिएका थिए ।
ब्याटिङतर्फ वेष्ट इण्डिजका एलिक एथानाजेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा एक चौका र तीन छक्का प्रहार गरे । रोस्टन चेसले ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११-११ रन बनाए । यस्तै, नेपालले १७ रन अतिरिक्त रुपमा दिएको थियो ।