प्रचण्ड रुकुमबाट चुनाव लड्ने भएपछि थपियो रौनक

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट चुनाव लड्ने भएपछि रौनक थपिएको छ । यसअघि गोरखा २ बाट निर्वाचन लडेका प्रचण्ड आगामी चुनावमा रुकुम पूर्वीबाट चुनाव लड्ने निश्चित जस्तै भएपछि नेता कार्यकर्ता र जनता उत्साहित भएका छन् ।

तत्कालीन माओवादीको जनयुद्धको आधार इलाकाको रुपमा रहेको पूर्वी रुकुममा प्रचण्ड चुनाव लड्ने भएपछि रौनक थपिएको नेपाली कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेशका सचिवालय सदस्य एवम् भूमे गाउँपालिकाका इन्चार्ज धुव्रविक्रम ओलीले बताए । ‘यस क्षेत्रमा झण्डै ८० प्रतिशत माओवादी समर्थक छन् । त्यसैमा तत्कालीन जनयुद्धका सर्वोच्च कमाण्डर आफ्नै क्षेत्रबाट चुनाव लड्ने भएपछि नेकपा नेता कार्यकर्ता र जनताले आत्मियता महशुस गरेका छन्’ ओलीले भने, ‘यस्तै सहिद परिवार घाइते परिवार तथा अपाङ्गता भएकाले अभिभावकत्व महशुस गरेका छन् । जसका कारणले आफ्ना अनुभूति र दुख विसाउन पाइने भयो भनेर खुसी भएको देखिन्छ ।’

तत्कालीन माओवादीको लावाङ बैठक तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईलाई कारबाही गरेर र चुुनावङ बैठक मार्फत पार्टी शान्ति प्रक्रियामा आएकाले महत्वपूर्ण परिघटनाको रुपमा लिन्छ । त्यतिबेला यी दुई बैठकले पार्टीले नयाँ कोर्ष लिएको थियो । यस पटक प्रचण्ड रुकुम पूर्व चुनाव लड्ने विषय चुनाव मात्रै नभएर राजनीतिक रुपमा समेत समावादी कोर्ष लिने रणनीतिको रुपमा लिन सकिने ओलीले बताए । ‘रुकुम पूर्वबाट सबै पार्टी मिले पनि प्रचण्ड कमरेडले चुनाव जित्ने निश्चित छ । किन कि यो पार्टीको आधार इलाका हो । जनता उहाँलाई चुनाव जिताउन आतुर छन् । उहाँ रुकुम पूर्व चुनाव लड्ने चुनाव मात्रै होइन । राजनीतिक कोर्ष परिवर्तन हुने विन्दुको रुपमा लिन सकिन्छ’ ओलीले भने, ‘जसरी तत्कालीन माओवादीको चुनाववाङ बैठकले अहिलेको राजनीतिक कोर्ष लियो त्यसैगरी प्रचण्ड यहाँबाट चुनाव लडेर जितेपछि समाजवादी क्रान्तिको जग निर्माण गर्ने अर्थको रुपमा लिन सकिन्छ ।’

यस क्षेत्रबाट झण्डै सतप्रतिशत जनता तत्कालीन जनयुद्धमा सहभागी भई परिवर्तनको पक्षमा लागेकाले प्रचण्ड कमरेडलाई उम्मेवारको रुपमा पाउँदा जनता खुसी भएको ओलीले बताए ।

सम्बन्धित समाचार