निर्वाचन आयोगमा पुग्यो विशेष महाधिवेशन पक्षधर र देउवा पक्षको पत्र

0 Shares

काठमाडौं ।  नेपाली कांग्रेसको विवाद निर्वाचन आयोगमा पुगेको छ।

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको पत्र पठाएको खुलेको छ।

त्यस्तै आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाहीको पत्र पनि आयोगमा बुझाएको छ।

‘विशेष महाधिवेशन भइरहेको पत्र आयोगमा हिजै दर्ता भएको छ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘आज नेपाली कांग्रेस केन्द्रीय कार्यलयका तर्फबाट अर्को पत्र आएको छ। दुबै पत्र हेर्न पाइएको छैन।’

सम्बन्धित समाचार