सुमन सायमिलाई नेकपाबाट काठमाडौं-८ को उम्मेदवार बनाउने प्रचण्डको घोषणा

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-८ बाट सुमन सायमिलाई उम्मेदवार बनाउने घोषणा गरेका छन्।

राष्ट्रिय सभा गृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले काठमाडौं-८ बाट उम्मेदवार बनाउने घोषणा गरेका हुन्।

‘अब काठमाडौं-८ बाट सुमन सायमिलाई जिताउन तयार रहनुहोला,’ उनले भने। सायमि बुधबार नै आफ्नो समूहका नेताहरूसहित नेकपा प्रवेश गरेका थिए।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा उनी काठमाडौं-८ बाट चुनाव लड्ने तयारीमा छन्।

गत स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सायमिले १३ हजार ७७० मत प्राप्त गरेका थिए।

सम्बन्धित समाचार