नेपालले १७ रन अतिरिक्त दिँदा वेष्ट इण्डिजले दियो १७३ रनको लक्ष्य

0 Shares

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ले नेपाललाई जितका लागि १७३ रनको लक्ष्य दिएको छ । टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपालले टस हारेर पहिला बलिङ गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्ट इण्डिजले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले तीन-तीन विकेट लिए । अभिनास बोहराले एक विकेट लिएका थिए ।

ब्याटिङतर्फ वेष्ट इण्डिजका एलिक एथानाजेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा एक चौका र तीन छक्का प्रहार गरे । रोस्टन चेसले ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११–११ रन बनाए । यस्तै, नेपालले १७ रन दिएको थियो ।

यसअघि भएको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजमाथि चार विकेटको जित निकालेको थियो । त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको थियो । वेष्ट इण्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।

सम्बन्धित समाचार