0
Shares
काठमाडौं । भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ।
हिमाचलको सोलन जिल्लास्थित अर्कीमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा परी ९ जना नेपालीको मृत्यु भएको हो।
मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका-२ का हुन्। गाउँपालिका अध्यक्ष भरत गिरिले घटनाको पुष्टि गरेका छन्।
वडाध्यक्ष मेघराज बुढाथोकीले विज्ञप्ती नै जारी गरी दुई परिवारका ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।