प्रेम प्रस्ताव अस्वीकार गरेपछि आफ्नै विद्यार्थीमाथि गोली प्रहार

0 Shares

काठमाडौं । झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार गर्ने उनकै पूर्व शिक्षक रहेको खुलासा भएको छ ।

शुक्रबार परीक्षा दिएर फर्किंदै गरेकी एनिका अधिकारीलाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।

एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को मानविकी संकायमा अध्ययनरत छन् । उनी ११ मा भर्ना हुन अघिल्लो साल सोही विद्यालय पुगेकी थिइन् ।

प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन् ।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि भेट्न आएको बताएकी छन् ।

प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छन् । यादव कहाँ बस्थे ? भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ ।

गोली लागेको ठाउँबाट निकालिएको अस्पतालले जनाएको छ । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका हुन् ।

सम्बन्धित समाचार