0
Shares
काठमाडौं । मातातीर्थ औँशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले उक्त दिन नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मातातीर्थ औँशीका अवसरमा हरेक वर्ष चन्द्रागिरि नगरपालिका ६ महादेव स्थानस्थित मातातीर्थ कुण्डमा विशेष मेला लाग्ने गर्छ ।
त्यसैले दर्शनार्थीलाई सहजहोस् भन्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ ।