१२ कक्षाको परीक्षा दिएर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार

0 Shares

काठमाडौं । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कंदै गर्दा कक्षा १२ मा अध्ययनरत छात्रामाथि गोली प्रहार भएको छ ।

परीक्षा दिएर फर्कदै गरेकी एनिका अधिकारीलाई गोली प्रहार भएको हो । उदयपुर घर भई दमकमा डेरा गरी बसेर अध्ययन गर्दै आएकी उनलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली हानेर फरार यादवको प्रहरीले खोजी गरिरहेको छ । घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार