सेयर बजार घट्यो, कारोबारमा उत्साह

0 Shares

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य गिरावट देखिएको छ। आज नेप्से ५.५४ अङ्कले घटेर २ हजार ६३५ विन्दुमा बन्द भएको हो ।

बजारमा आज कुल ३३३ वटा धितोपत्रका १ करोड २३ लाख कित्ता सेयर ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ८८ करोड रुपैयाँ रहेको कारोबारमा आज उत्साह देखिएको हो ।

आज कारोबार भएका कुल कम्पनीहरूमध्ये ७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी ७ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज बजारमा उत्पादन तथा प्रशोधनमूलक कम्पनीको मूल्यमा सर्वाधिक १।०२ प्रतिशत बढेको छ भने ट्रेडिङ क्षेत्रको १.१६ प्रतिशतले घटेको छ । आज म्युचअल फण्ड, विकास बैंक र होटलका सूचक सामान्य बढ्दा अन्य सूचक सामान्य घटेका छन् ।

आज दुई वटा कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एसवाई प्यानल र श्रीनगर एग्रोटेकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, रसुवागढी हाइड्रोपावरको मूल्य ८.५३ प्रतिशत र सीएफएल २ को ५.८५ प्रतिशतले बढेको छ। सुपर मादी हाइड्रोको ४.२५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज एसवाई प्यानल शीर्ष स्थानमा रह्यो । जसको ४२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी राधी विद्युत् कम्पनीको ३१ करोड ५७ लाख, मन्जुश्री फाइनान्सको २७ करोड ८१ लाख र श्रीनगर एग्रोटेकको २५ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सम्बन्धित समाचार