गायक प्रशान्त तामाङको निधन

0 Shares

काठमाडौँ । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै जानकारी दिइन ।

उनी भारतीय मूलका नेपालीभाषी गायक हुन् ।

तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यही उनको निधन भएको हो । उनले थुप्रै नेपाली गितमा स्वर दिएका छन् ।

सम्बन्धित समाचार