आज यी चार प्रदेशको मौसम खराब, हवाई यातायातमा असर पर्ने

0 Shares

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागले मुलुकका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना रहने भएको छ । विभागले दैनिक जनजीवनलगायत सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार