वेष्ट इण्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

0 Shares

काठमाडौं । वेष्ट इण्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

वेष्ट इण्डिज एका लागि आन्द्रे फ्लेचरले सर्वाधिक अविजित ८४ रन बनाए । जोन्सन चार्लेजले ५८ रन बनाउँदा फाबियन एलेनले ३३ रन बनाएका थिए ।

त्यस्तै, नेपाली बलर कुशल भुर्तेलले दुई विकेट लिए । प्रतिस जिसीले एक विकेट लिएका थिए ।

सम्बन्धित समाचार