धादिङमा घर जल्दा दम्पतीको निधन

0 Shares

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका ५ गैरीखर्कमा आगलागी हुँदा दुई जनाको निधन भएको छ । निधन हुनेमा एकै घरको एक दम्पती रहेका छन् ।

बुधबार राति आगोमा जलेर घरभित्रै ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटना स्थलमै निधन भएको हो । गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो ।

प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो । राति साढे १२ बजे आगो निभेपछि हेर्दा दुई जनाको मृत्यु भएको प्र्रहरीले जनाएको छ ।

धनमाल क्षतिको विवरण संकलन गर्न इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

सम्बन्धित समाचार