काठमाडौं । नेपाल र वेष्ट इण्जि ए बीचको सिरिजको चौथो खेल हुँदैछ । त्रिवि किक्रेट मैदानमा हुने दिउँसो १२ः१५ बजे हुनेछ ।
सिरिजमा अहिलेसम्म वेष्ट इण्जि ए २ः१ ले अगाडि रहेको छ । पहिलो खेल चार विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो । तेस्रो खेल ७६ रनले हारेको थियो ।
यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा छन् ।
यस्तै, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।
नेपालले सिरिजको पाँचौँ तथा अन्तिम खेल मे ४ मा हुने छ । आजको खेलमा पराजित भए नेपालले एक खेलअघि नै सिरिज गुमाउने छ ।