0
Shares
काठमाडौं । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रियसभाका लागि ६ जना उम्मेदवार चयन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले ६ उम्मेदवारको टुङ्गो लगाएका हुन् ।
अध्यक्ष ओलीले रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभामा पठाउने तयारी गरेको एक नेताले जानकारी दिए ।
राजनीतिक दलबीच नेपाली कांग्रेस र एमालेले ७–७ सिट, नेपाली कम्युनिस्ट पार्टीले ३ सिट र जसपा नेपालले १ सिट लिने गरी सहमति भएको थियो ।
एमालेले ६ जना उम्मेदवार छाने पनि एक उम्मेदवार छान्न बाँकी छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुने भएको छ ।