नेपाल र वेष्ट इण्डिज एबीच तेस्रो खेल आज, कसले मार्ला बाजी ?

0 Shares

काठमाडौं । नेपाल र वेष्ट इण्डिज ए बीचको तेस्रो खेल आज हुने भएको छ । पाँच खेलको टी २० सिरिजको तेस्रो खेल आज हुने भएको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपाली समयअनुसार अपराहन्न १२ः१५ बजेदेखि खेल शुरु हुनेछ । यसअघि भएका दुई खेलमा दुवै टोलीले एक एक खेल जितेका छन् ।

सिरिजको पहिलो खेलमा नेपालले चार विकेटको जित हासिल गरेको थियो । दोस्रो खेलमा वेष्ट इण्डिज ए १० रनले विजयी भएको थियो ।

टी २० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रुपमा लिएको छ । टी २० विश्वकपको टिम सार्वजनिक गर्न आइसीसीले दिएको डेडलाइन आज अन्तिम दिन हो ।

नेपाली टिममा कप्तान रोहित पौडेलसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम छन् ।

सिरिजको चौथो खेल मे २ मा र पाचौँ खेल मे ४ मा हुने छ ।

सम्बन्धित समाचार