बन्दसूची विवाद : रविले भने केही साथीहरूलाई नाम फिर्ता लिएर प्रत्यक्षमा जान भनेको छु

0 Shares

काठमाडौ । रास्वपा सभापति रवि लामिछानेले पार्टीको बन्दसूचीमा नाम रहेका केही उम्मेदवारलाई आफूले ‘विथ ड्र’ गर्न भनेको बताएका छन् । बन्दसूचीबारे विवाद उब्जिएको विषयमा उनले सो जवाफ दिएका हुन् ।

रास्वपाले प्राइमरी इलेक्सनबाट समानुपातिक उम्मेदवार छानेको भए पनि बन्दसूचीमा त्यो कार्यान्वयन नभएपछि विवाद उत्पन्न भइरहेको छ । पार्टीकै जिम्मेवार नेताहरूले असन्तुष्टि पोखेका छन् । रविले भने प्राइमरी इलेक्सन नै सबै थोक नभएको बताए ।

उनले भने, ‘हामीले बनाएको विधिअनुसार भोटिङको मतभार ५० प्रतिशत मात्रै हुन्छ । बाँकी ५० प्रतिशत मतभार आकांक्षीका विभिन्न पक्षहरूलाई मूल्यांकन गरेर दिइन्छ । त्यसैले प्राइमरी जित्दैमा बन्दसूचीमा आइन्छ भन्ने होइन ।’

यद्यपि, बन्दसूचीमा कमीकमजोरी रहेको र यसलाई सच्याइने लामिछानेको भनाइ छ ।

‘हामीसँग संशोधन गर्ने समय छ । बाहिर जे कुराहरू आएका छन्, त्योभन्दा धेरै समस्या हामी आफैँले देखेका छौँ । यसलाई समयमा संशोधन गरिन्छ,’ उनले थपे ।

पार्टीका केही साथीहरूलाई आफूले बन्दसूचीबाट नाम फिर्ता लिएर प्रत्यक्षमा लड्न भनेको पनि उनले दाबी गरे ।

सम्बन्धित समाचार