रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने, सम्झौतामा अरू के छ?

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच एकता हुने भएको छ ।

एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणासहित ७ बुँदे सम्झौता गरी एकता हुने भएको हो ।

सम्झौताअनुसार, रवि लामिछानेले रास्वपाको नेतृत्व गर्ने छन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेनलाई संसदीय दलको नेताको बनाउने सहमति भएको छ ।

उनीहरूले आगामी एक दशक मुलुकको मार्गचित्र अघि सार्ने घोषणाका साथ आफूहरुको प्रतिवद्धता भएको जनाएको छन् ।

बालेन रास्वपाभित्र आवद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत राखिएको छ । सम्झौतामा रविले पार्टी सभापतिको हैसियतले हस्ताक्षर गरेका छैनन् भने बालेनले पनि पदीय हैसियत खुलाएका छैनन् ।

सम्बन्धित समाचार