बालेन विभिन्न दलका नेताहरूसँग छलफलमा, फेरि कुलमानसहित रवि र बालेन आजै बस्ने

0 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच आज साँझ फेरि भेटवार्ता हुने भएको छ ।

उनीहरूबीच आजै साँझ पुनस् छलफल गर्ने तयारी गरिएको हो । आज बिहानैबाट ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा बालेनले छलफल गरिरहेका छन् ।

रवि पनि छलफलका लागि पुगेका थिए । त्यसपछि अहिले विभिन्न दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

स्रोतका अनुसार, रविले आफू पनि पार्टीको उच्च तहमा एकपल्ट कुराकानी गरेर पुनस् आउने बताएर फर्किएका थिए ।

बेलुकीको बैठक अर्को ‘न्युट्रल भेन्यु’ मा राख्ने प्रस्ताव रविले गरेका थिए । बालेनले भने त्यसबारे केही जवाफ दिएका थिएनन् ।

सम्बन्धित समाचार