काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरका मेयर बालेन शाह (बालेन्द्र)सँग छलफल गरेका छन् । दुई जनाबीचको छलफलमा संसद् पुनर्स्थापनाबारे छलफल भएको बताइएको छ ।
ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको घरमा भेटपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको जानकारी दिएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँगै बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेकी थिइन् । विघटित प्रतिनिधिसभाका सदस्य शर्माले भने, ‘संसद् सद पुनर्स्थापना गर्दा के हुन्छ वा हुँदैन भन्ने विषयमा छलफल भयो ।’
नेता शर्माले आफूलाई भावी कांग्रेस सभापति भन्दै पार्टी नछाड्ने बताए । यसअघि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा वकालत गर्दै आएका थिए । उनले रविले सहकारीबाट ठगेको रकमसमेत बेहोर्ने बताएका थिए ।