0
Shares
काठमाडौंं । नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य वृद्धि भएको छ। दुवै धातुको मूल्य बढेर आज पनि हालसम्मकै महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य तोलामा नौसय रुपैयाँ बढेर दुई लाख ६८ हजार एकसय रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै महँगो हो।
सुनको मूल्य मंगलबार ५५ सय बढेर दुई लाख ६७ हजार दुईसय पुगेको थियो। सोमबार पनि सुनको भाउ तोलामा तीन हजार चारसय रुपैयाँ बढेको थियो। त्यसैगरि आज चाँदीको मूल्य तोलामा १५५ रुपैयाँ बढेर चार हजार चारसय २० रुपैयाँ पुगेको छ।
चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो। विगत केही दिनदेखि चाँदीको मूल्य पनि निरन्तर बढ्दै आएको छ।