आज मिति वि. सं. २०८२ पुष ०८ गते मंलगबार ई. सं. २०२५ डिसेम्बर २३ नेपाल सम्बत ११४६ पोहेलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण चतुर्थी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, व्याघात योग, गर करण । आज बिहान ६ बजेर ५१ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर १५ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिश्रम र इमानदारीले अरुको विश्वास जित्न सकिने समय छ । अधुरा काम बन्ने छन् भने आर्थिक पक्ष पनि सन्तोषजनक रहने देखिन्छ । नयाँ काम वा जिम्मेवारी हासिल हुने योग छ । प्रेमजीवन रोमान्चक मोडमा पुग्ला । सन्तानपक्षबाट सुख बढ्नेछ । अनुकूलता वृद्धि हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): बोलीको प्रभाव बढ्नुका साथै रमाइलो तरिकाले कामहरू गर्न पाइएला । विभिन्न अवसरले पछ्याउने समय छ । आर्थिक समुन्नति हुने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव पनि बढ्नेछ । दाम्पत्यजीवन सुमधुर रहला । प्रेममा सफलता पाउनुका साथै उल्लास वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम सार्थक रहला । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही चुनौतीयुक्त रहला । कामको बोझले थाकेको महसुस हुनेछ । घर–गृहस्थीमा पनि समस्या आउन सक्छ । समयमा निर्णय नहुदा काममा अवरोध आउने, खर्च बढ्ने, अनावश्यक झमेलामा परिने र छिमेकीसँग पनि विवाद बढ्ने सम्भावना रहेकोले सजग रहनुहोला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा विवाद हुनसक्ने योग छ । तथापि, शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक काममा नाम रहने र व्यपार-व्यवसायमा सफलताले मन रमाउने समय छ । धार्मिक एवम् सामाजिक कामको दायित्व थपिन सक्छ । आँटेगरेका काम पूरा भइ धनको लाभ हुन सक्छ । अरुबाट आदर–सम्मान मिल्ने देखिन्छ । मिठो भोजन प्राप्त हुने र रसरागको भाव जागृत हुनेछ । कुनै महत्वपूर्ण कार्यमा मन दुविधिाग्रस्त हुनसक्छ, निर्णयक्षमता सवल तुल्याउनु आवश्यक छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ । ठूला व्यक्तिको आशा र भरोसा तपाईंप्रति रहनेछ । बोलीकै भरमा धेरै कामहरु सहज हुन सक्छन् । काम बन्नाले मन रमाउनेछ । विशेषगरी कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । आरोग्यबल बढ्ला । दिन सुखमय बित्ने देखिन्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । सोच्दैनसोचेको स्थानबाट लाभ हुने, उद्योग र व्यापारमा विशेष फाइदा मिल्ने समय छ । नयाँ मित्रको आगमनले मन प्रशन्न रहला । नियमित कार्यमा लगाव बढ्नुका साथै विविध फाइदा मिल्ने योग छ । सहयोगी वर्गबाट राम्रै साथ मिल्नेछ । यात्रागत कार्य सार्थक रहला । कुनैपनि समस्याको समाधान मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पारिवारिक समस्याले केही पिरोले पनि बिस्तारै समाधानतिर उन्मुख हुन सकिने समय छ । अनावश्यक खर्च बढ्न सक्छ, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ । चुनौतीका बाबजुद परिश्रमको माध्यमबाट लक्ष्य पूरा गर्न सकिनेछ । राजनीतिक क्षेत्रमा भएका व्यक्तिले केही कठिनाइको सामना गर्नुपर्ने योग छ । तथापि, साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कठिन परिस्थितिमा पनि सहसिक रूपमा सक्रियता बढ्ने समय छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम र उपलब्धि हासिल हुने देखिन्छ । कठिन काममा विशेष सक्रियता रहला । पुराना साथिसंगीसँगको भेटघाटले मन रमाउने छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । आरोग्यबल बढ्नेछ । खर्च केही बढ्न सक्छ, ध्उान राख्नुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आँटेगरेका काम पूरा भइ आर्थिक लाभ मिल्ने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अचानक उपहार मिल्ने योग छ । विभिन्न भौतिक साधन जुट्नुका साथै व्यवसायमा राम्रो फाइदा उठाउन सकिएला । नयाँ कामको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु भने सकारात्मक रहनेछन् । मित्रहरूका साथ रमाइलो यात्रा हुने योग छ । स्वास्थ्य सबल रहनेछ । तर घरेलु समस्याले केही सताउन सक्छ । कर्मबल वृद्धि र बौद्धिक कार्यबाट धनलाभ होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय त्यति राम्रो छैन, अरूको भर पर्दा काममा धोका हुन सक्छ । गलत विचार बढ्नेछ भने समयमा सही निर्णय गर्न नसकिएला । स्वास्थ्य पनि कमजोर रहनसक्छ । सुखसुविधा र विलासितामा खर्च बढ्न सक्छ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्ने योग छ । यात्रागत कार्य आजका लागि थाती राख्नु उचित हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी समय छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउन सक्छ । बन्न लागेको काममा अवरोध आउने योग छ । तथापि, आमाबाट आएको धनको उपयोगबाट केही लाभ उठाउन सकिनेछ । भागदौड बढ्नेछ । आफन्तको साथ मिल्नेछ । विपरीतलिंगी मित्रको साथ मिल्नेछ ।