जुगल गाउँपालिका ७ का वडाध्यक्ष नै पक्राउ

0 Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद नौ लाख ९० हजार जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो ।

प्रहरीको फरार सूचीमा रहेका तामाङलाई आजै पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले बताए ।

सम्बन्धित समाचार